निर्वाचनको बहिष्कार गर्ने समूहमाथि निगरानी बढाउन गृहको निर्देशन
गृह मन्त्रालयले स्थानीय तहको निर्वाचनको वहिष्कार र विरोध गर्नेहरुमाथि निगरानी बढाउन सबै जिल्ला प्रशासन कार्यालय ९सीडीयो०हरुलाई निर्देशन दिएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा गृह मन्त्रालयले निर्वाचनको बहिष्कार र निर्वाचन प्रक्रियामा अवरोध सृजना गर्ने व्यक्ति, समूह वा राजनीतिक दलहरुका गतिविधिमाथि निगरानी बढाउन जिल्ला प्रशासन कार्यालयलाई लिखित निर्देशन दिएको हो ।
गृहले निर्वाचनको विरोधी समूह पहिचान गरी सोही बमोजिम सुरक्षा रणनीति बनाउन समेत मुलुभरका सीडीयो कार्यालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले चैत्र दोस्रो साता स्थानीय तहको निर्वाचन सुरक्षाबारे
लिखित निर्देशन दिएको स्रोतले बताएको छ। गृह मन्त्रालयले भयरहित तरिकाले निर्वाचन सम्पन्न हुने गरी सुरक्षाको वातावरण बनाउन तीवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
