गायक लक्ष्मण श्रीको ‘म तिम्रै डल्ले हो’ बोलको गीत सार्बजनिक
(
काठमाडौं, ३० बैशाख । पृथक आवाज र सुमधुर स्वरका धनि गायक तथा कलाकार लक्ष्मण श्री र लोकप्रिय गायिका मिलन नेवारको स्वरमा नयाँ गित ‘म तिम्रै डल्ले हो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दर्जनौ लोकप्रिय गीतहरुमा आफ्नो स्वर दिएर सांगितक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक लक्ष्मण श्री एक कुशल मोडल तथा समाजसेवी समेत हुन्।
एछायाँकार पवन सुश्लीङले छयांकन गरेको भिडियोमा ‘कार्टुन क्रु’ का सरोज अधिकारि, आश्मा बिश्वकर्मा, गायक तथा मोडल लक्ष्मण श्री र मोडल स्मारिका ढकाललाइ फिचर्ड गरिएको छ। एक नारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीत रहेको गीतको सार्बजनिक म्यूजिक भिडियोलाइ ‘कार्टुन क्रु’का सरोज अधिकारीले निर्देशन कोरियोग्राफी तथा सम्पादन गरेका छन्। मौलिक शब्द, आकर्षण भिडियोले गर्दा दर्शक श्रोताको मन जित्नेमा गायक कलाकार तथा म्यूजिक भिडियोका निर्माता लक्ष्मणले बताए ।
थर्ड पोल 