गाजामा पछिल्लो २४ घन्टामा २५० जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा कम्तिमा २५० प्यालेस्टाइनीको मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै २५० प्यालेस्टाइनी मारिएको र ५०० जना घाइते भएको जनाएको छ ।
सो सँगै गत अक्टोबर ७ देखि इजरायली हवाई र भूमि आक्रमणको परिणाम स्वरूप २० हजार ६ सय ७४ जनाको मृत्यु भएको तथा ५४ हजार ५ सय ३६ जना घाइते भएका छन् ।
थर्ड पोल 