गाजामा इजरायली आक्रामणः मारिनेको संख्या १९ हजार नाघ्यो
काठमाडौं । गाजामा मृत्यु हुनेको संख्या निरन्तर बढीरहेको तथ्यांकले देखाएको छ ।गाजाको स्वास्थ्य मन्त्रालयको नयाँ तथ्याङ्क अनुसार हालसम्म इजरायली आक्रामणमा परेर १९ हजार भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ ।
उसका अनुसार युद्ध सुरु भएदेखि इजरायली आक्रमणमा ७,७२९ बालबालिकासहित कम्तीमा १९,४५३ व्यक्तिको मृत्यु भएको हो।घाइतेहरुको संख्या पनि ८,६६३ बालबालिका सहित ५२,२८६ पुगेको मन्त्रालयले जनाएको छ।
थर्ड पोल 