एसीसी प्रिमियर कपः युएई र ओमानको विजयी शुरुवात
काठमाडौं । एसीसी प्रिमियर कपमा युएईको विजयी शुरुवात गरेको छ ।ओमानमा शुरु भएको एसीसी प्रिमियर कप अन्तर्गत युएईले कुवेतलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
कुवेतले दिएको १७९ रनको लक्ष्य पछाएको युएईले १७.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको कुवेतले २० ओभरमा ८ विकेट गुमाएर १७८ रन बनाएको थियो ।
त्यसैगरी आयोजक ओमानले पनि बहराइनलाई ३ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।समुह बि मा रहेका युएई र ओमानले यो जितपछि २–२ अंक हासिल गरेका छन् ।
थर्ड पोल 