एमाले केन्द्रीय कमिटीबाट अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

एमाले केन्द्रीय कमिटीबाट अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको तेस्रो बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवदेन पारित भएको छ। बबरमहलमा बसेको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

बैठकले ११ वटा कार्यसूचीलाई सर्वसम्मतिले पारित गरेको छ भने केही विभागहरू गठन भएको रिजालले बताए । बाँकी विभागलाई पूर्णता दिनको लागि प्रमुख र उपप्रमुखलाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै बैठकले स्थानीय तह निर्वाचनको मापदण्ड पनि तय गरेको छ । वडा तहको उम्मेदवारका लागि नगर कमिटीको सिफारिसमा जिल्ला कमिटीले निर्णय गर्नेछ भने गाउँपालिका र नगरपालिकाको उम्मेदवारका लागि जिल्ला कमिटीको सिफारिस प्रदेश कमिटीले निर्णय गर्नेछ ।