एकीकृत समाजवादीले वैशाख ८ भित्र उम्मेदवारको अन्तिम टुंगो लगाउने
नेकपा एकीकृत समाजवादीले आगामी वैशाख ८ गतेभित्र स्थानीय तहमा उम्मेदवारी दिनेहरूको नामावली टुंगो लगाउने भएको छ । शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुंगो बैशाख ८ भित्र लगाउने गरी कार्यातालिका बनाएको छ।
यस्तै समाजवादीले निर्वाचन घोषणा पत्र–२०७८ पारित गरेको छ ।आगामी स्थानीय निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं छनोटका लागि मादण्ड तय गरेको छ । उम्मेदवार बन्न पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको, पार्टीप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको हुनुपर्नेछ ।
यस्तै, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवी भएको र सुशासनको पक्षपाति, कार्यक्षमता राम्रो भएको र समावेशीतालाई ध्यान दिने मापदण्ड बनाएको छ।
