इजरायली आक्रमणमा लेबनानी अधिकारीको मृत्यु, मारिनेको संख्या १२० नाघ्यो

इजरायली आक्रमणमा लेबनानी अधिकारीको मृत्यु, मारिनेको संख्या १२० नाघ्यो


काठमाडौं । इजरायली आक्रमणमा लेबनानी अधिकारीको मृत्यु भएको छ । हिजबुल्लाहसँग सीमापार लडाइँको क्रममा इजरायली बमबारीमा दक्षिणी गाउँ तेबेहमा एक लेबनानी अधिकारीको मृत्यु भएको हो । हुसेन मन्सुर (८०) गाउँमा इजरायली शत्रुको आक्रमणमा उनी मारिएका हुन् ।

‘मन्सुरकोे घरलाई लक्षित गर्ने गोला विष्फोट त भएन तर उसलाई नै प्रहार गरी मारियो, राज्य–संचालित राष्ट्रिय समाचार एजेन्सीले रिपोर्ट गरेको छ। त्यतिबेला उनीसँगै बालकनीमा अन्य आठ जनासँग थिए तर अरु कसैलाई पनि कुनै हानी भएको छैन ।

इजरायली सेना र हिजबुल्लाह बीचको लडाइँमा लेबनानमा अक्टोबर ७ देखि १२० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। इजरायलले सो क्रममा आफ्ना ६ जना सैनिक र ४ सर्वसाधारणको सीमामा मारिएको जनाएको छ।