आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति पारित
काठमाडौं, ७ साउन । आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति पारित भएको छ । आज बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्षको मौद्रिक नीति पारित गरेको हो ।
मौद्रीक नीति वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको छ । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारीसृजनामा सहयोग पर्याउने उद्देश्य राखेको हुन्छ ।
थर्ड पोल 