आजदेखि हमास र इजरायलका बिचमा युद्बविराम, यसरी गरिँदैछ कार्यान्वयन 

आजदेखि हमास र इजरायलका बिचमा युद्बविराम, यसरी गरिँदैछ कार्यान्वयन 


काठमाडौँ ।  अन्ततः हमास र इजरायलका बिचमा युद्बविराम भएको छ । इजरायली मन्त्री परिषदले अनुमोदन गरे पछि यो युद्धविराम आइतवारबाट लागु हुने भएको हो । समाचार अनुसार शनिबार बिहान इजरायलको मन्त्रिपरिषदले दुई पक्षबीच भएको युद्धविराम सम्झौतालाई अनुमोदन गरेपछि युद्धविराम कार्यान्वयनमा आएको हो ।

अधिकारीहरुका अनुसार यो युद्धविराम सम्झौता तीन चरणमा पूरा हुने छ । यसअवधिमा प्यालेस्टिनी र इजरायली बन्धक रिहा गरिने छ ।  ‘हामी हाम्रा भाइहरूलाई सतर्क रहन, अत्यन्त सावधानी अपनाउन र आधिकारिक स्रोतहरूबाट निर्देशनहरू पर्खन सल्लाह दिन्छौं,’ प्रवक्ता माजेद अल अन्सारीले अरबीमा सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

हमास र इजरायलका बिचमा युद्बविराम गराउन कतारले उल्लेखनीय भुमिका खेलेको छ । उसैको पहलमा १५ महिना लामो युद्धरोकिन लागेको हो । जसले मध्य पुर्वमा शान्ति छाउने विश्वास ब्यक्त गरिएको छ ।