अहिलेको सरकारले अर्थतन्त्र ध्वस्त बनाएको छ, धेरै विकासको बजेट आउने अपेक्षा गर्न सकिंदैन: अध्यक्ष ओली 

1.

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउने षड्यन्त्रका साथ घेराबन्दी गरिएको बताएका छन्।  

एमालेको सरकार नबनेसम्म देश नबन्ने दाबी गर्दै उनले अहिलेको सरकारले अर्थतन्त्र ध्वस्त बनाएकाले धेरै विकासको बजेट आउने अपेक्षा गर्न नसकिने टिप्पणी गरे।  

धादिङको रुवी भ्यालीमा आयोजित पार्टीको कार्यक्रम बोल्दै उनले भने, 'बहुमत नहुनु बेग्लै कुरा हो । तर, अहिले पनि संसद र सबै प्रदेशमा बलियो पार्टी एमाले नै हो । त्यसैले अर्को निर्वाचनमा हामी सबै मिल्दा पनि एक्लै बहुमत आउने गरी काम गर्नुपर्छ ।'  

एक्लै बहुमत ल्याउन  मिसन ग्रासरुट अभियान चलाएका उनको भनाई छ।