अन्य क्षेत्रको बजेट कटौती गरेर कृषि क्षेत्रमा लगानी गर्नुपर्छ : जनार्दन शर्मा
काठमाडौ, ६ असार । अन्य क्षेत्रको बजेट कटौती गरेर कृषि क्षेत्रमा लगानी गर्नुपर्ने नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले बताएका छन् । आजको प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री समेत रहेका शर्माले कृषि क्षेत्रलाई औद्योगिक क्षेत्रमा स्थापित गर्न सकेमात्र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सकिने बताए ।
शर्माले भने, ‘कृषिलाई यान्त्रीकरण र आधुनिकीकरण गर्न जरुरी छ । कृषि क्षेत्रमा युवालाई आकर्षित गर्न नसक्ने हो भने १० वर्षपछि किसान नै रहनेछैनन्’, ‘ठुला तथा साना सिँचाई आयोजनाहरुको विस्तार गरेर कृषि क्षेत्रमा आकर्षण बढाउनुपर्छ ।’कृषि पेन्सन कार्यक्रम कटौती गरेको भन्दै उनले कृषि क्षेत्रबाटै स्वरोजगार वृद्धि गर्न सकिने पनि बताए ।
थर्ड पोल 