हेटौंडामा शुरु भयो  मोबाइल व्यवसायीको चौंथो साधारणसभा, नीतिगत सुधारको एजेण्डा

The fourth general assembly of mobile entrepreneurs started in Hetauda, with an agenda for policy reform.

 हेटौंडामा शुरु भयो  मोबाइल व्यवसायीको चौंथो साधारणसभा, नीतिगत सुधारको एजेण्डा

काठमाडौं । नेपाल मोबाइल ब्यवसायी महासंघको चौंथो साधारणसभा मकवानपुरको हेटौंडामा शुरु भएको छ । शनिबार बिहान शान्ति पदयात्रा गर्दै साधारणसभाको सुरुवात गरिएको हो । हेटौंडाको हुप्रा चौरबाट शुरुभएको पदयात्रा स्कुलरोड, बुद्ध चोक हुँदै पुनः स्कुलचोक भएर कार्यक्रम स्थल रोयल प्यालेस पुगेर समापन भएको थियो ।साधारणसभाको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले गर्ने कार्यक्रम छ । साधारणसभामा सात प्रदेश र ६० जिल्लाबाट गरि एक हजार मोबाइल ब्यवसायी सहभागी छन ।

मोबाइल ब्यवसायीहरुले साधारणसभामा कानुनी, प्रशासनिक र व्यवहारिक समस्याबाट भोग्दै आएको असहज अवस्थालाई उठाउने बताएका छन ।मोबाइल फोनको दोस्रो विक्री (सेकेण्ड ह्याण्ड) कारोबार, लक भएका र बिग्रिएका मोबाइल फोनहरु मर्मत तथा लक अनलकमा भोगेका समस्या, ब्यवसाय प्रवर्दनका लागि सरकारले लिने नीतिको सुधार र राज्यबाट दिइने सेवासुविधा तथा दक्षतासम्बन्धि तालिमका विषय साधारणसभाका मुद्दा रहेको मुल आयोजक समितिका संयोजक छतेन्द्र आचार्यले जानकारी दिए । २०७८ असार २७ गते स्थापना भएको महासंघमा २२ हजार भन्दा बढी व्यवसायीहरु आबद्ध छन् ।