सामन्तवादको अवशेषको रुपमा समाजमा मिटरब्याज प्रकरण : गृहमन्त्री श्रेष्ठ

सामन्तवादको अवशेषको रुपमा समाजमा मिटरब्याज प्रकरण : गृहमन्त्री श्रेष्ठ


काठमाडौं, १० असार । सामन्तवादको अवशेषको रुपमा समाजमा मिटरब्याज प्रकरण रहेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा निनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले अहिले संविधान कार्यान्वयनको चरण रहेको बताए ।

अहिले पनि समाजमा सामन्तवादको अवशेषको रुपमा रहेको मिटरब्याज प्रकरणको समस्या समाधान गर्न सरकार अघि बढेको उनले जानकारी दिए ।

त्यस्तै बहाल तथा पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ ।  गृहमन्त्री नारायणकाजी श्रेष्ठले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरीत विशिष्ट व्यक्ति तथा पूर्वaविशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता बोलाइएको जानकारी दिए । उनका अनुसार ३१६ सुरक्षाकर्मीमध्ये १९० नेपाल प्रहरी र १२६ सशस्त्र प्रहरी बलका रहेका छन् ।