संघीयता कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रिय सभाबाट इमान्दारीका साथ पूरा गर्नेछु : कृष्णप्रसाद सिटौला
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीयता कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रिय सभाबाट इमान्दारीका साथ पूरा गर्ने बताएका छन् ।
आज विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संघीताको लाभ जनताले अनुभूत गर्न नसकेको भन्दै कानुन अभावमा संघीयता कार्यान्वयन नभएकोले अब त्यस्तो अवस्था रहन नहुने बताए ।
लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार संघीयता कार्यान्वयन गर्नुपर्नेमा जोड दिंदै सिटौलाले भने, ‘यो व्यवस्था जनताका लागि आएको हो । जुन संकल्प गरेर यो व्यवस्था ल्याएका हौं त्यसअनुसार काम गर्न सकेका छैनौं, त्यो उद्देश्य पूरा गर्नेतर्फ हामी जिम्मेवारीका साथ राष्ट्रिय सभामा गएर काम गर्नेर्छौ ।’
संघीयता कार्यान्वयन नहुँदा प्रदेश सरकार सरकारजस्तो नभएर विकास एजेन्सी जस्तो हुन पुगेको भन्दै उनले प्रदेशलाई अधिकारसम्पन्न बनाएर सरकारजस्तो बनाउन भूमिका खेल्ने बताए ।
थर्ड पोल 