विश्वकप लिग २ : नेपाललाई २०५ रनको लक्ष्य

विश्वकप लिग २ : नेपाललाई २०५ रनको लक्ष्य

युएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी) सँग जारी एकदिवसीय खेलमा नेपालले २०५ रनको लक्ष्य पाएको छ। 

नेपाली समयानुसार बिहान ११:१५ बजे देखि युएईको सारजाह मैदानमा भइरहेको खेलमा पीएनजीले टस जितेर ब्याटिङ् रोजेको थियो।

पीएनजी ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २०४ रन जोडेको हो।अहिले नेपालले ब्याटिंग गरिरहेको छ। सन्दीप लामिछानेको कप्तानिमारहेको नेपालले पीएनजीलाई हराएर सुखद सुरुवात गर्न चाहान्छ।