रास्वपाका सांसद श्रेष्ठको 'अडियो प्रकरण' माथि छलफल गर्न आज अनुशासन आयोगको बैठक बस्दै 

1.

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो प्रकरणबारे छलफल गर्न पार्टीले अनुशासन आयोगको बैठक बोलाएको छ।  

पार्टीका सांसद  श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको उक्त प्रकरणमाथि रासपाले आयोगको बैठक बस्न आह्वान गरेको हो। 

बैठक आज ११ बजे बस्ने जनाइएको छ।  साथै सोहि बैठकमा सांसद श्रेष्ठले हिजो दिएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गरिने छ।  त्यसपछि मात्रै बैठकले श्रेष्ठमाथि कारबाही गर्ने वा नगर्ने भन्ने बारे निर्णय गर्ने छ।