यस वर्ष लाभांश वितरण नगर्ने कुमारी बैंकको घोषणा

यस वर्ष लाभांश वितरण नगर्ने कुमारी बैंकको घोषणा


काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। मंसिर २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। बैठकले सो निर्णय गरी गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतीको लागि पेश गर्ने निर्णय पनि गरेको छ।

कम्पनीको चुक्तापूँजी २६ अर्ब २२करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८–०७९ को लागि १२.५० प्रतिशत नगद लाभांश दिएको थियो ।