मध्यपहाडी क्षेत्रमा विपक्षी दलका समर्थकहरुमा सरकारी दमन चर्को रहेको पाइयो : अध्यक्ष ओली

मध्यपहाडी क्षेत्रमा विपक्षी दलका समर्थकहरुमा सरकारी दमन चर्को रहेको पाइयो : अध्यक्ष ओली


काठमाडौं । मध्यपहाडी क्षेत्रमा विपक्षी दलका समर्थकहरुमा सरकारी दमन चर्को रहेको पाइएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म मध्यपहाडी लोकमार्ग (बैतडीको झुलाघाट देखि पाँचथरको चिवाभञ्ज्याङसम्म) सम्पन्न गरेको पदयात्राबारे ब्रिफिङ गर्दै अध्यक्ष ओलीले आफ्नो यात्राको क्रममा त्यहाँका जनता सरकारी पक्षपात र दमनमा चर्को रुपमा परेको पाइएको बताएका हुन् ।

आफ्नो झुलाघाट – चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रामा युवाको संख्या अन्यको तुलनामा कम उपस्थिति रहेको बताएका उनले मध्यपहाडका जनता विकासप्रति आशावादी रहेको पनि उल्लेख गरे । ओलीले एमालेले मध्यपहाडको संमृद्धिको लागि कृषिलगायत विकासको पक्षमा राखेको धारणा तथा त्यहाँ सञ्चालन गरेको कार्यक्रममा त्यहाँको जनतासँगै अन्य दल र बैद्धिक जगत पनि सहभागी,आकर्षित र विश्वस्त बनेको बताए । मध्यपहाडको जनता सार्वजनिक सेवा लिने क्रममा चर्को दमन सहँदै आएको तथा राज्यसक्ताको दुरुपयोग भएको पाइएको उनको भनाई छ ।