पहिलो पटक डिसेम्बर २५ मा क्रिसमस मनाउँदै युक्रेन

पहिलो पटक डिसेम्बर २५ मा क्रिसमस मनाउँदै युक्रेन


काठमाडौं । रुससँग झण्डै २ वर्षदेखि लडाईमा रहेको युक्रेनले यस वर्ष डिसेम्बर २५ (आज) क्रिसम डे मनाउँदैछ । जनवरी ७ तारिखमा रुस, युक्रेन ग्रीस, इथियोपिया र इजिप्टमा अर्थोडक्स क्रिसमस मनाइन्छ । संसारमा करिब २४ करोड अर्थोडक्स क्रिश्चियनहरू छन् । रुसले जनवरी ७ मा क्रिसमस मनाउँदा युक्रेनले आज मनाउनुलाई राजनीतिक कारणको रुपमा व्याख्या गरिएको छ ।

युक्रेनमा अर्थोडक्स ईसाईहरू बढी छन् र उनीहरूले जनवरी ७ मा यो पर्व मनाउँदै आएका थिए । युक्रेन सरकारले रूसले पछ्याउने परम्पराहरू पालना गर्दैन ।युक्रेनी सरकारको यो निर्णयले आफू रुसको गुलाम होइन र आफ्नो परम्परालाई पालना गर्दैन भन्ने देखाएको छ ।

द गार्डियन’को रिपोर्टका अनुसार रुस र युक्रेनमा जुलियन क्यालेन्डर पालना गरिन्छ । यसबाहेक, रुस जस्तै, युक्रेनका अधिकांश मानिसहरू अर्थोडक्स ईसाई धर्मका अनुयायी छन् । जुलाई २०२३ मा, युक्रेनी राष्ट्रपति वोल्डोमिर जेलेन्स्कीले एउटा बिल अनुमोदन गर्दै क्रिसमस अवदेखि डिसेम्बर २५ मा मनाउने र सार्वजनिक विदा दिने घोषणा गरेका थिए ।

उक्त बिलमा युक्रेनले अब पश्चिमी देशको ‘ग्रेगोरियन क्यालेन्डर’ पछ्याउने र यसैले जनवरी ७ को सट्टा २५ डिसेम्बरमा क्रिसमस मनाउने उल्लेख छ । ‘स्काई न्यूज’का अनुसार जेलेन्स्कीको यो कदमलाई देशको चर्चको समर्थन पनि प्राप्त भएको छ । वास्तवमा, चर्चले यो पनि विश्वास गर्छ कि युक्रेन रूसबाट अलग भएको धेरै वर्ष बितिसकेको छ ।

यसबाहेक रुस र युक्रेन अहिले शत्रु बनेका छन् । त्यसकारण, त्यहाँ कुनै कारण छैन कि रूसी परम्पराहरू अझै पछ्याउनु पर्छ । चर्च र युक्रेनका धेरै संस्थाहरूले रूसी भाषा र संस्कृति त्याग्न पनि जोड दिइरहेका छन् ।रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरिरहेको छ र यो युद्ध अझै जारी छ । यो युद्धको सबैभन्दा ठूलो कारण भनेकै युक्रेन पश्चिमी गठबन्धन र विशेष गरी नाटोमा सामेल हुन खोज्नु हो ।

युक्रेन पश्चिमी गठबन्धनमा सामेल भएको रुस र राष्ट्रपति भ्लादिमिर पुटिनलाई मन परेको छैन । यदि युक्रेन नेटोमा सामेल भयो भने अमेरिकी सेना युक्रेनको बहानामा रुसको सिमानामा पुग्ने र यो रुसको सुरक्षाका लागि ठूलो खतरा हुने पुटिनको भनाइ छ ।