तेलङ्गानामा ५.३ म्याग्निच्युडको भूकम्प 

  तेलङ्गानामा ५.३ म्याग्निच्युडको भूकम्प 

काठमाडौं । दक्षिण भारतीय राज्य तेलङ्गानामा ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का राज्यका विभिन्न भागमा महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

धक्कापछि केही स्थानमा मानिसहरू घरबाहिर निस्किएका थिए। हालसम्म कुनै क्षतिको खबर आएको छैन। भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, स्थानीय समयानुसार बुधबार बिहान ७:२७ मिनेटमा ४० किलोमिटर गहिराइमा भूकम्प आएको हो।