जबराजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
1.
ओखलढुङगामा २४ वर्षीया युवतिलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ अग्रेको छ। मानेभन्ज्याङ गाउँपालिका-२ वाक्सा बस्ने ६० वर्षीय गोपाल कटवाललाई बिहीबार दिउँसो प्रहरीले उक्त आरोपमा पक्राउ गरेको जनाइएको छ।
कटवालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अहिले सोहि घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
थर्ड पोल 