गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँले सुन तस्करीको संरक्षण गरे : गृहमन्त्री श्रेष्ठ

गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँले सुन तस्करीको संरक्षण गरे : गृहमन्त्री श्रेष्ठ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँले सुन तस्करीको संरक्षण गरेको आरोप लगाएका छन्।आज चितवनका नारायणगढमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूले सुन तस्करहरुको प्रमाण दिँदा पनि कारबाही नगरेर गृहमन्त्री आफैँले तस्करको संरक्षण गरेको आरोप लगाएका हुन्।

‘मैले सदनमा नै सुन तस्करीको सूचना भएको जानकारी गराएको थिएँ’, उनले भने, ‘मैले गृहमन्त्रीको क्याबिन, सिंहदरबारमा गएर सबै प्रमाण देखाएँ । तर गृहमन्त्रीले उल्टै दोषीलाई संरक्षण पो गर्नुभयो ।’

अहिले सरकार परिवर्तनसँगै आफूहरु पनि सरकारमा सामेल हुने हल्ला चलेको भन्दै उनले त्यसमा कुनै सत्यता नभएको दाबी गरे । ‘अहिले पनि सरकार फेरबदल हुन लाछ, यो गृहमन्त्री हुन जान लाग्यो कि क्या हो, यसलाई त ठेल्नुपर्छ कि क्या हो भन्ने सोच उहाँलाई भएको होला’, उनको भनाइ छ, ‘म त्यो रेसमा पनि छैन, यो गठबन्धनको रेसमा पनि छैन ।’