कालापानीबाट भारतले सुरक्षाफौज फिर्ता गर्नुपर्ने वामदेव गौतमको धारणा

कालापानीबाट भारतले सुरक्षाफौज फिर्ता गर्नुपर्ने वामदेव गौतमको धारणा


काठमाडौं, ३० वैशाख ।  कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी फिर्ता लैजानुपर्ने राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले बताएका छन् । 

आज  काठमाडौंमा वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र डा.अच्युत गौतमद्वारा संयुक्त रुपमा लिखित पुस्तक ुनेपाल भारत फर्नलेयर डिप्लोमेसी इन रिफ्रेन्स टु काली रिभरः पर्सपेक्टिभ अफ इन्टरनेसनल लुको विमोचन कार्यक्रममा बोल्दै उनले उक्त भूभाग नेपालको भएको र भारतले सेता फिर्ता लिनुपर्ने धारणा राखेका हुन् ।

नेपाली भूभाग कुनै पनि हालतमा नेपालले फिर्ता लिनैपर्ने उनको भनाइ थियो । भारतले नेपालको धेरै भूगोल मिचेको उल्लेख गर्दै उनले त्यो भूभाग फिर्ता लिन नेपाललाई अन्तराष्ट्रिय कानुनले पनि सहयोग गर्ने उनले स्पष्ट पारेका छन् । 

नेपालको सिंगो संसदमा सबै राजनीतिक दलहरुको सर्वसम्मतिले पारित गरेर नेपालले आफ्नो नक्शामा समावेश गरेको कुरा विश्वलाई नै जानकारी भएको उल्लेख गर्दै सांसद गौतमले त्यसमा भारतले मिचाहा प्रवृत्ति देखाउन नमिल्ने बताएका छन्  ।नेपाल ४ हजार वर्षदेखि स्थापित रहेको तर भारत १९४७ बाट बनेको उल्लेख गर्दै उनले त्यो भन्दाअघि किम्वदन्ती र पुराणमा उल्लेख भएको भारत भएको बताए ।