काठमाडौँ उपत्यकाभित्रका सडक अस्तव्यस्त बनाउने काम सरकारबाटै भयो–प्रदीप पौडेल
काठमाडौँ उपत्यकाभित्रका सडक अस्तव्यस्त बनाउने काम सरकारबाटै भएको नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले सरकारका मन्त्रालयहरुबीच समन्वय नहुँदा सडक भत्काउने क्रम बढेको उनको भनाइ छ ।
‘कतै सडक बनाउदै नबनाउने र कतै बनाएको पनि भत्काउँदै बनाउँदै गर्ने जस्तो देखिएको छ, सरकारको काम यस्तै हो ? नेपाली काँग्रेसका युवा नेता समेत रहेका सांसद पौडेलले भने ।
थर्ड पोल 