एसीसी प्रिमियर कपः सेमिफाइनलबाट बाहिरियो नेपाल 

एसीसी प्रिमियर कपः सेमिफाइनलबाट बाहिरियो नेपाल 

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाट नेपाल बाहिरिएको छ । शुक्रवार भएको खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भयो हो । नेपालले केवल एक सय २० रनको लक्ष्य दिएको थियो । 

नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १९ रन बनाएको हो । यूएईले १७.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको छ । शुक्रबारको हारबाट नेपालले आगामी वर्ष हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि गुमाएको छ ।

योसँगै नेपालको लगातार दोस्रो पटक एसिया कप खेल्ने समाप्त भएको हो । प्रिमियर कपको विजेताले अर्को वर्ष एसिया कपमा खेल्न पाउने प्रावधान छ । गत वर्ष नेपालले काठमाडौंमा यूएईलाई नै फाइनलमा पराजित गरि एकदिवसीय संरचनाको एसिया कप खेलेको थियो ।