एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
काठमाडौं, १२ असोज । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसीसी) की प्रमुख कार्यकारी अधिृकत एलिस अल्ब्राइट नेपाल आउने भएकी छन् ।
आउँदो आइतबार उनी पाँचदिने नेपाल भ्रमणमा आउन लागेकी हुन् । नेपालमा एमसीसी परियोजना कम्प्याक्ट कार्यान्वयन सुरु भएको एक महिना पुगेलगत्तै उनी काठमाडौं आउने लागेकी हुन् ।
एमसीसीको लगानीमा निर्माण हुन लागेको प्रसारण लाइनका लागि अनुमानित लागतभन्दा बढी मूल्य कबोलेर पाँचवटा कम्पनीले ठेक्का प्रस्ताव पेस गरेका छन् ।उनीहरूले एमसीसीको लागत अनुमानभन्दा ६० प्रतिशत भन्दा धेरै लागत प्रस्ताव गरेपछि उनी नेपाल आउन लागेकी हुन् ।
थर्ड पोल 