निर्वाचन आचारसंहिताबारे ध्यानाकर्षण गराउन एमाले आयोग जाँदै
आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा देखिएका त्रुटिका विषयमा नेकपा एमालेले ध्यानाकर्षण गराउने भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वको टोलीले आज आयोगमै पुगेर ध्यानाकर्षण गराउने भएको हो ।
निर्वाचन आयोगले मंगलबार गरेको दलहरूसँगको प्रतिबद्धतापत्रमा एमालेले हस्ताक्षर गर्न अस्वीकार गरेको थियो। आज आचारसंहिताको विषयमा आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाउने एमालेको तयारी छ।
