अबुधावीस्थित नेपाली दुतावासमा पुगे प्रधानमन्त्री दाहाल, सेवा प्रवाह चुस्त गर्न निर्देशन

अबुधावीस्थित नेपाली दुतावासमा पुगे प्रधानमन्त्री दाहाल, सेवा प्रवाह चुस्त गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् ।कोप–२८ मा सहभागी हुन युएई पुगेका प्रधानमन्त्री प्रचण्डले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका हुन ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सो निरिक्षणको क्रममा नेपाली समुदायको हितमा भए गरेका काम कारबाहीको जानकारी लिदैँ सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशनसमेत दिएका छन् ।